सिमसारमा पानी अभाव भएपछि सौर्य-सञ्चालित बोरिङ्गबाट पानीकाे व्यवस्था

मंसिर १, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिमसारमा पानी अभाव भएपछि सौर्य-सञ्चालित बोरिङ्गबाट पानीकाे व्यवस्था
पूर्वी नवलपरासी । सिमसार क्षेत्रमा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई पिउने पानीको अभाव हटाउन र आहालका लागि पूर्वी नवलपरासीको नमूना मध्यवर्ती सामुदायिक वनले बोरिङ्ग गाडेर पानीको व्यवस्थापन गरेको छ । 

कावासोती नगरपालिका-१३, मा वनभित्र सौर्य ऊर्जाबाट चल्ने बोरिङ्ग गाडेर वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको हो । केही वर्ष अगाडिसम्म सुक्खा मौसममा पनि पानी प्रशस्त हुने आहालमा हिउँदमा पानी सुक्न थालेपछि बोरिङ्गमार्फत पानी राखिएको हो । 

सौर्य ऊर्जाबाट स्वचालित रूपमा बोरिङ्ग घाम लागेको समयमा आफैं सञ्चालन हुने र रातको समयमा बन्द हुने गर्दछ । सिमसारहरूमा पानी सुक्ने र वन्यजन्तुका लागि पानीको अभाव हुँदा आहारा र पानीका लागि वन्यजन्तु बस्ती पस्ने तथा वासस्थान परिवर्तन गर्ने गर्दछन् । 

यो क्षेत्रका अन्य सामुदायिक वनले पनि वन्यजन्तुका लागि पानीको प्रबन्ध गर्न सौय उर्जाबाट चल्ने बोरिङ्गमार्फत सिमसार क्षेत्रमा पानीको व्यवस्था गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.