
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिबीच मंगलबार भएको समझदारी कार्यान्वयन क्रममा बुधबार टेन्डर आह्वान गरिएको हो । मेलम्ची-अम्बाथान-मेलम्चीघ्याङ सडकखण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीन प्याकेजमा विभाजन गरी टेन्डर आह्वान गरिएको छ ।
सडक डिभिजन कार्यालय चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरेको हो । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार अबेर सरकार र मेलम्चीबासीबीच सहमति जुटेको थियो । बाढी पीडितहरूसँग सहमती भएसॅगै बुधबारबाट मेलम्चीको पानी राजधानी पठाउन सुरू गरिएको छ ।
