ताप्लेजुङ-सिक्किम सीमामा संयुक्त अनुगमन तथा मर्मत कार्य सम्पन्न

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
ताप्लेजुङ-सिक्किम सीमामा संयुक्त अनुगमन तथा मर्मत कार्य सम्पन्न

काठमाडौं । नेपालकाे ताप्लेजुङ र भारतको सिक्किमबीचको सीमाक्षेत्रमा संयुक्त अनुगमन, गस्ती तथा सीमा स्तम्भ मर्मत कार्य सम्पन्न भएको छ। 

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको नेतृत्वमा नेपाली सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) सम्मिलित टोलीले सिदिङवा–१ र सिरीजंघा–८ अन्तर्गत पर्ने तिम्बुङपोखरी तथा भारतको ग्याल्सिङ जिल्लास्थित लामपोखरी क्षेत्रमा स्थलगत निरीक्षण गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठकको नेतृत्वमा सम्पन्न गस्तीका क्रममा जीर्ण सीमा स्तम्भ मर्मत र दशगजा क्षेत्रमा सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो।

सेढाईंका अनुसार सीमा सुरक्षामा यस्ता संयुक्त सहकार्यले आपसी विश्वास र पारदर्शीता बढाउँदै दुवै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेछ। स्थानीय तह र सुरक्षा निकायहरूले यसलाई दिगो सीमा सुरक्षा संयन्त्रतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिएका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.