बर्दिबासस्थित रातु पुलमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

फाल्गुन १९, २०८२ |विकास आर्या
बर्दिबासस्थित रातु पुलमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

महोत्तरी । महोत्तरीको बर्दिबासस्थित रातु पुलमा भेटिएको संकास्पद वस्तुलाई सेनाको डिस्पोजल टोलीले सुरक्षित रूपमा विस्फोट गराएको छ ।

मंगलबार दिउँसो बर्दीबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टाेलीले विष्फोट गराएको हाे । बर्दीबासस्थित रातु पुलमा सो शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि नेपाल प्रहरीले सेनालाई खबर गरेको थियो ।

सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विस्फोट गराएर नष्ट गरेको छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।