
काठमाडौं । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेष भत्काउने क्रममा तीन जना घाइते भएका छन् ।
खण्डहर बनेको भवन भत्काउन खटिएका १७ जना कामदार मध्ये तीन जना घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । भदौं २४ गते लुटपाट र आजगनीपछि चुच्चेपाटीकोसहित भाटभटेनीका अन्य केही डिपार्टमेन्टल स्टोर पनि खण्डहर बनेका थिए । अरू कतिपयमा लुटपाट भएको थियो ।
भाटभटेनले आगलागीले ध्वस्त भएका संरचना हटाउने र क्षति पुगेका भवन मर्मत गर्ने काम गरिरहेको छ ।