सिन्धुलीमा कार दुर्घटना हुँदा एकको मृत्यु

कार्तिक ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिन्धुलीमा कार दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका-६ चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

विराटनगरबाट काठमाडौं जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको छ । दुर्घटनामा परी एकै परिवारका तीन जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार मोरङको विराटनगर उपमहानगरपालिका-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको कार आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनापछि प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे लगेको थियो । उपचारका लागि अस्पताल लगिए पनि ओमबहादुरको मृत्यु भएको प्रनाउ सुवेदीले बताउनुभयो । मृतकका श्रीमती ४९ वर्षीया सुनिता अर्जेलको अवस्था गम्भीर रहेको छ । 

उहाँका छोरा ३१ वर्षीय निशान्त अर्जेलको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.