स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघीय अस्पतालका काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न निर्देशन

कार्तिक ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघीय अस्पतालका काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न निर्देशन

काठमाडौं । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघीय अस्पतालका काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न निर्देशन दिएको छ । 

आर्थिक रूपमा मितव्ययी बनाउने उद्देश्यले सरकारले सम्पर्क कार्यालयहरू बन्द गर्न निर्देशन दिएको हो । संघीय सरकारको स्वामित्वमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल, पोखरा, राप्ति, पाटन, कर्णाली, र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । 

तीमध्ये बीपी, कर्णाली र राप्ति प्रतिष्ठानको काठमाडौंमा सम्पर्क कार्यालय छन् । पदाधिकारीहरू विना काम काठमाडौं आएर लामो समय बस्दा सेवा प्रवाहमा असर पर्ने र अनावश्यक खर्च बढेको गुनासा आएपछि प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्य मन्त्रालयले सम्पर्क कार्यालयहरू बन्द गर्न परिपत्र गरेको हो ।

काठमाडौंमा एउटा सम्पर्क कायालय खोल्दा ठूलो व्ययभार बढ्ने मन्त्रालयको बुझाइ छ । सरकारको निर्देशन नमान्ने प्रतिष्ठानहरूलाई कारवाही गर्ने चेतावनी स्वास्थ्य मन्त्रालयले दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.