ओलीसहित ५ जनालाई स्थानहद तोकिएकोविरूद्ध सर्वोच्चमा रिट पेस

कार्तिक ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओलीसहित ५ जनालाई स्थानहद तोकिएकोविरूद्ध सर्वोच्चमा रिट पेस

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ५ जनालाई काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी स्थानहद तोकिएकोविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

स्थानहद तोकिनु गलत भएको दाबी गर्दै अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्च अदालतमा रिट पेस गनुभएको थियो । उक्त रिट सर्वोच्च प्रशासनले अध्ययन गरीरहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

भदौ २३ र २४ को घटनाबारे गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसमा सरकारले ओलीसहित ५ जनालाई अनुमतिविना काठमाडौं उपत्यकाबाहिर जान रोक लगाएको थियो । यसैबीच, भदौ २३ र २४ को घटनाको विवरण संकलन गर्न आयोगका पदाधिकारी देशका विभिन्न भागमा गएका छन् । 

देशभरबाट यो साता नै विवरण संकलन गर्ने तयारीका साथ आयोग अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरूको टोली काठमाडौंबाहिर गएको हो । विवरण संकलन गरेपछि राज्य पक्षबाट बल प्रयोग गर्नेहरूको बयान थाल्ने आयोगको कार्यतालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.