अर्घाखाँचीको सन्धिखर्कमा गाडी दुर्घटना : २ को मृत्यु, २४ जना घाइते

आश्विन १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
अर्घाखाँचीको सन्धिखर्कमा गाडी दुर्घटना : २ को मृत्यु, २४ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको मिनिबस दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

लु १ ज ४७२३ न को गाडी सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक खण्डको अर्घाखाँची सन्धिखर्क नगरपालिका-९ अर्घा टारीमा राति दुई बजे दुर्घटना भएको बताइएको छ । मृतक दुवैको पहिचान हुन सकेको छैन । 

प्रहरीका अनुसार गाडी टारीको उकालो घुम्तीबाट २० मिटर तल खसेको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ । अरू सामान्य घाइते छन् । घाइतेको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

सन्धिखर्कबाट सञ्चालित लंका यातायात प्रालिको गाडीमा क्षमता भन्दा बढी यात्रु थिए । प्रहरीका अनुसार गाडीमा २५ जना यात्रु थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.