रोजगारीका लागि विदेशिएकाहरू दशैं मनाउन घर फर्कनेक्रम बढ्यो

नेपालगञ्जको जमुनाहा नाकामा सुरक्षा व्यवस्था कडा
आश्विन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रोजगारीका लागि विदेशिएकाहरू दशैं मनाउन घर फर्कनेक्रम बढ्यो

नेपालगञ्ज । दशैं लागेसँगै रोजगारीका लागि भारत गएकाहरू घर फर्कने क्रम तीव्र बनेको छ । 

घर फर्कनेहरूको भिड बढ्न थालेपछि नेपालगञ्जको जमुनाहा नाकामा सुरक्षा व्यवस्थामा कडाइ गर्न थालिएको छ । भारतका विभिन्न राज्यमा मजदूरी गरेर फर्किने नेपालीहरूको भीड सीमावर्ती नाकामा बढेका हुन् । 

भारतका दिल्ली, मुम्बईजस्ता ठूला शहरदेखि सिमला, कुमाउ, गढवाललगायतका ठाउँमा काम गर्न गएका नेपाली परिवारसँग चाड मनाउन स्वदेश फर्किरहेका छन्।

प्रवासी नेपालीहरू स्वदेश फर्कने क्रम तीव्र बनेपछि भिड नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय प्रशासन सक्रिय बनेका छन् । लामो यात्रा र शारीरिक थकाइ भए पनि आफ्ना परिवारसँग भेट्ने उत्साहले कामदारहरू खुसी देखिएका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.