ईपीएलमा आज तीन खेल हुँदै

आश्विन १२, २०८२ |खेल ब्युरो
ईपीएलमा आज तीन खेल हुँदै
Photo Source : Agency

काठमाडौं । इंग्लिस प्रिमियर लिग-ईपीएलमा आइतबार तीन खेल आयोजना हुँदैछन्। 

राति सवा नौ बजे हुने खेलमा आर्सनलले न्युकासलको सामना गर्ने तालिका रहेको छ। उपाधिको दावेदार रहेको आर्सनले शीर्षस्थानको लिभरपुलभन्दा पाँच अंकले पछि परिसकेको भए पनि दोस्रो स्थानमा कायमै छ। 

लिगमा राम्रो सुरूआत गरेको उसले एनफिल्डमा हार ब्यहोरेको थियो भने अर्को बलियो टोली म्यानचेस्टर सिटीसाग बराबरीमा रोकिएको थियो। त्यसैले उसलाई पाँच खेलमा नै पाँच अंक घाटा लागिसकेको छ। यदि शीर्षस्थानको दौड कायम राख्ने हो भने आर्टेटाको टोलीलाई अबका खेलमा सम्हालिएर खेल्न आवश्यक छ।

न्युकासलविरूद्ध भएका पछिल्ला तीन खेलमा आर्सनलले जित निकालेको छ। आर्सनलको टिममा मार्टिन ओडेगार्डको पुनरागमन हुँदा मुडुके भने टिमबाहिर नै रहनेछन्। 

केई हभाट्ज र ग्याब्रियल जिसस पनि टिममा नहुनु आर्सनलका लागि ठूलो झट्काको समय रहेको छ। त्यसैले पनि टिम सेट अपमा आर्टेटालाई सजिलो छैन्। यस्तो समयमा उनीमाथि परम्परात लाइनअप बनाएको आरोपसमेत लाग्ने गरेको छ। 

तर यो साता बुकायो साकालाई मैदानमा देख्न पाइनेछ। साका उपलब्ध हुन न्युकासलका डिफेन्डरका लागि सुखद् समाचार भने होइन्। प्रशिक्षक एडी होवेको टिममा पनि ज्याकब मर्फीको खेल्ने सम्भावना कम छ। फबियन सार, युवनो विसा, ज्याकब रसो हुनुले होवेलाई आर्सनलको सामना गर्ने सजिलो छैन्।

यसैगरी प्रिमियर लिगमा आइतबार पौने ७ बजेको खेलमा एस्टन भिल्लाले फुलहामलाई आतिथ्यता प्रदान गर्नेछ भने मध्यरातमा हुने खेलमा एभर्टनले वेस्ट हृयामसँग खेल्ने तालिका छ।