चितवन । गत शुक्रबार गएको पहिरोका कारण अवरूद्ध नारायणगढ-मुग्लिन सडकखण्ड साेमबारदेखि सञ्चालनमा आएको छ ।
तुइन खोलामा गत शुक्रबार साँझ आएको पहिरोका कारण अवरूद्ध सडक साेमबार साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार आइतबार साँझ केही समय एकतर्फी सञ्चालनमा आएको सडक राती बन्द गरिएको थियो । साेमबार बिहानदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजे देखि ३ बजे सम्म पूर्णरूपमा बन्द गरी पहिरो पन्छाइएको थियो ।
अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।