जेन-जी आन्दोलनमा नष्ट भएको ढल्केबर ट्राफिक पोस्ट स्थानीयको पहलमा पुनःस्थापना

आश्विन ५, २०८२ |अनिल मिश्र
जेन-जी आन्दोलनमा नष्ट भएको ढल्केबर ट्राफिक पोस्ट स्थानीयको पहलमा पुनःस्थापना

जनकपुर । जेन-जी आन्दोलनको क्रममा आगजनी र तोडफोडका कारण नष्ट भएको ट्राफिक पोस्ट धनुषाका स्थानीयले पुनःस्थापना गरेको छ ।

पुर्व पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा रहेको ट्राफिक पोष्टलाई स्थानीय संघ/संस्थाको सहयोग र युवाहरूको अगुवाईमा रंगरोगन गरी नयाँ रूप दिइएको हो ।

ट्राफिक पोस्ट भवनको रंगरोगन, सरसफाइ र व्यवस्थापनमा उद्योग वाणिज्य संघ, खानेपानी उपभोक्ता समिति, स्वाबलम्बन सहकारी , लायन्स क्लब लगायतले सहयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सुर्यबहादुर शाहीले जानकारी दिनुभयो ।

अति व्यस्त पुर्व पश्चिम राजमार्गमा रहेको ढल्केबरमा असईको नेतृत्वमा पाँच जना ट्राफिक प्रहरी बस्दै आएका छन् ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।