महाेत्तरी । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले संघिय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन राजनीतिक दल, नागरिक समाज तथा राष्ट्रिय शक्तिहरूबीच समझदारी आवश्यक रहेको बताउनु भएको छ ।
महोत्तरीको रामगोपालपुरमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पूर्व प्रधानमन्त्री दाहालले देश अहिले गम्भीर संकटको अवस्थामा रहेकाले राष्ट्रिय एकता आवश्यक रहेको विषयमा जोड दिनुभयो ।
उहाँले यस्तो परिस्थितिमा राष्ट्रिय शक्तिहरूका बीचमा सहमति, समझदारी आवश्यक रहेको बताउनुभयो । उहाँले देश भित्रका सबै वामपन्थी र कम्युनिस्टहरूको बीचमा एकता तथा शान्ति सम्झौता र सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सबै राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प नभएको बताउनु भयो ।
पूर्व प्रधानमन्त्रीले दाहालले प्रधानमन्त्री सुशील कार्कीले बोलाएको सर्वदलीय बैठकमा सबै राजनीतिक दलले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो । उहाँले भदौ २३ गते जेन-जीले गरेको आन्दोलन र सो आन्दोलन दबाउन तत्कालीन सरकारले गरेको बर्बर दमन र हत्या नेपालको इतिहासमा कहिल्यै नबिर्सिने परिघटनाको रूपमा स्थापित भइसकेको बताउनु भयो ।
केपी ओलीले अहङ्कार प्रदर्शन गरे पनि कामचलाउ बनेका ओलीकै सिफारिसमा सुशीला कार्कीको सरकार बनेको भन्दै उहाँले यो सरकार वैधानिक रहेको दाबी गर्नुभयो । आगामी फागुन २१ गते हुने बारे कुनै दुविधामा नबस्न उहाँले बताउनु भयो ।
तोकिएकै मितीमा चुनाव हुने र त्यसका लागि सर्वदलिय बैठक रछिमेकी अन्तरास्ट्रिय शक्तिहरुसंगको संवाद पश्चात् मात्रै बोलेको बताउँदै र त्यसका निम्ति सशक्त तयारी गर्न उहाँले आग्रह गर्नु भयो ।