जनकपुरमा क्षतविक्षत सरकारी संरचनाहरूको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण

आश्विन ३, २०८२ |अनिल मिश्र
जनकपुरमा क्षतविक्षत सरकारी संरचनाहरूको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण

काठमाडौं । जेन-जी आन्दोलनको क्रममा मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित क्षतविक्षत भएका सरकारी संरचनाहरूको उच्चस्तरीय टोलीले शुक्रबार स्थलगत निरीक्षण गरेका छन ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको नेतृत्वमा मुख्यमन्त्री सतिशकुमार सिंह, सभामुख रामचन्द्र मण्डललगायत उच्चस्तरीय टोलीले क्षति भएका संरचनाहरूको अवलोकन तथा निरीक्षण गरेको हो ।

आन्दोलनका कारण प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय प्रदेश सभा र अन्य सरकारी कार्यालयहरूमा ठूलो क्षति पुगेको हो ।

सो क्रममा भएको लुटपाट, तोडफोड र आगजनीले फर्निचर, कम्प्युटरलगायतका उपकरण र महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएको छ । जलेर ध्वस्त भएको मन्त्रालय लगायतका सरकारी अड्डाहरूमा अहिले पनि नियमित कामकाज सुचारू हुन सकेको छैन ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।