‘भोले बाबा’ भजन सार्वजनिक

भाद्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘भोले बाबा’ भजन सार्वजनिक

काठमाडौं । गायक सुरेश शाहीको ‘भोले बाबा’ बोलको शिव भजन सार्वजनिक भएको छ । गीतमा गायक शाही, रिता केसी र पवन रानाभाटले स्वर दिनुभएको छ । देउडा गायक शाहीले भजन भनेको बुढा पुस्ताको मात्र हो भन्ने मान्यता तोड्न आफ्नो गीत सफल हुने बताउनुभयो ।

भिडियोमा गायक शाही, केसी र गीतकी लेखिका सुमित्रा खड्का, दीपा पनेरूको अभिनय रहेको छ । शिवको भूमिकामा युवराज पौडेल र पार्वतीको भूमिकामा सुमित्रा देखिनुभएको छ । विक्रम चौहानले निर्देशन गर्नुभएको गीतको एरेन्ज तथा मिक्सिङ पवन रानाभाट, भिडियो सम्पादन टेकेन्द्र शाहले गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.