जनकपुर । मिथिला मधेशमा मंगलबार गणेश चतुर्थी चौरचन पर्व आस्था र विश्वासका साथ मनाइँदै छ ।
विघ्नहर्ता भगवान् गणेश र चन्द्रमाले जीवनमा आउने चुनौतीहरूलाई धैर्य, बुद्धि र सकारात्मक ऊर्जासहित पार लगाउने प्रेरणा र आस्था जागृत गर्ने विश्वाससहित पर्व मनाइँदै छ ।
यस पर्वमा खुला आकाशमुनि हातमा काक्रो, स्याउ, केलालगायतका फलफुल लिएर चन्द्रमालाई ढोग्ने चलन रहेको छ ।