धादिङको भोर्ले खोलामा आएको बाढीले एक जनालाई बगायो

श्रावण ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
धादिङको भोर्ले खोलामा आएको बाढीले एक जनालाई बगायो

धादिङ । धादिङको नीलकण्ठ-६ मा खोल्सामा आएको बाढीले एकजना बगाएको छ । 

शनिबार साझ परेको भारी वर्षा पछिको बाढीले नीलकण्ठ-६ भोर्लेमा प्रादेशिक सडक आयोजनाको स्तरउन्नती भइरहेको स्थानमा कार्यरत मजदुरलाई बगाएको स्थानीय स्वास्थ्यकर्मी राजु श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठकाअनुसार खोल्साले चितवन पदमपुर घर बताउने अन्दाजी २१ वर्षका रविन तामाङलाई बगाएको हो । धादिङबेसी र आसपासमा केहि समयदेखि भारी वर्षा भैरहेको छ । वर्षाको कारण सदरमुकाम नजिकै पहिरो खस्दा साँघुटारमा बाटो अवरूद्ध भएको छ ।

धादिङको तिप्लिङ थोप्पल खोलामा आएको बाढीले सो सडक खण्डको पूलमा समेत प्रभाव पारेको छ भने यातायात सेवा समेत अवरूद्ध भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.