महिला तथा किशोरीको डिम्ब कारोबारमा रोक लगाउन सर्वोच्चकाे आदेश

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
महिला तथा किशोरीको डिम्ब कारोबारमा रोक लगाउन सर्वोच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले महिला तथा किशोरीको डिम्ब कारोबारमा रोक लगाउन आदेश दिएको छ । अदालतले डिम्ब ननिकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणको कार्य रोकेर सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन आदेश जारी गरेको हो ।

अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाउँदै भदौ १ गते रिट दायर गरेका थिए ।

निःसन्तान उपचार सेवामा गैरकानुनी अभ्यास बढ्दै गएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस क्षेत्रलाई व्यवस्थित आइतबार गर्न नयाँ मापदण्ड लागू गरेको थियो । तर सर्वोच्चले रिटको अन्तिम टुंगो नलागेसम्म डिम्ब संकलन, भण्डारण र प्रत्यारोपण नगर्न आदेश दिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.