कर्णाली प्रदेशमा लागू औषध दुर्व्यसनी बढ्दै, कारोबार नियन्त्रण गर्न प्रहरीलाई चुनौती

श्रावण २६, २०८२ |देव राना|कमल पन्त
कर्णाली प्रदेशमा लागू औषध दुर्व्यसनी बढ्दै, कारोबार नियन्त्रण गर्न प्रहरीलाई चुनौती

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागू औषधको कारोबार बढ्दै गएको छ। 

अर्काको देखासिकी, जनचेतनाको अभाव र अभिभावकले बालबालिकाको हेरचाहमा ध्यान नदिँदा युवापिढीँ नै लागूऔषधको कारोबारमा सक्रिय देखिएका छन्।

पछिल्लो ३ महिनामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित ५३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमध्ये ६ महिला र ४७ जना पुरूषमध्ये अधिकांश युवाहरु छन् भने उनीहरूको साथबाट ठूलो मात्रामा लागूऔषध समेत नियन्त्रणमा लिएको छ । यो महिनाको तथ्याङ्कले सुर्खेतमा लागूऔषधको कारोबार र सेवनकर्ताहरू बढ्दै गएको पुष्टि गरेको छ ।

लागूऔषध नियन्त्र र दुर्व्यसनी रोकथामको अभियानमा सक्रिय अगुवाहरू भने वीरेन्द्रनगरमा बढ्दो जनसंख्या, अविभावकले बालबालिकालाई पर्याप्त समय दिन नसक्नु र जनचेतनाको अभावकै कारण सुर्खेतमा लागू औषधिको प्रयोग र कारबार बढ्दै गएको बताउँछन् ।

प्रदेशमा लागूऔषधको प्रयोग र कारोबार बढ्दै गएपछि प्रदेश सरकारले यसको न्यूनीकरणका कार्यक्रम अगाडि सारेको छ । प्रहरी, लागूऔषधिको विरुद्धमा काम गर्ने संघ संस्था र नागरिक समाजको अगुवाई सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । 

लागूऔषध नियन्त्रणका लागि चालु आर्थिक वर्षमा १५ लाख रूपैयाँ विनियोजन गरेको छ । सुर्खेतमा बढ्दो लागूऔषधिको कारोबार रोकथाम र युवा पुस्तालाई यसको कुलतबाट बचाउन अविभावक, तीनै तहका सरकार, सुरक्षा निकाय र सचेत नागरिकले हातेमालो गर्नु जरूरी छ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।

Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।