पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते

श्रावण २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते

धनकुटा । गाईजात्राका लागि यात्री बोकेर सदरमुकाम धनकुटा बजार आउँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

को २ च २३०९ नम्बरको गाडी धनकुटा नगरपालिका ८ टेकुनाला भन्ने स्थानमा दुर्घटनामा परेको हो । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । 

घटनामा गम्भीर घाइते भएका केहीलाई धरान पठाइएको ट्राफिक प्रहरी नायव निरीक्षक मनोज खड्गाले जानकारी दिनु भयो। दुर्घटनामा गम्भीर घाइते हुनेमा धनकुटा नगरपालिका ७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षीय जीतबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ८ बस्ने ४५ वर्षीय रेनुका राई रहेका छन् । 

घटनाबारे थप बिवरण आउन बाँकी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.