लम्पी स्कीनविरूद्धको खोप प्रभावकारी नभएको किसानको गुनासो, कोशीमा संक्रमण भयावह बन्दै

श्रावण २६, २०८२ |सुशीला पाठक
लम्पी स्कीनविरूद्धको खोप प्रभावकारी नभएको किसानको गुनासो, कोशीमा संक्रमण भयावह बन्दै

मोरङ । कोशी प्रदेशमा पशुहरूमा देखिने लम्पी स्कीन रोग भयावह बन्दै गएको छ । सरकारले समयमै खोप कार्यक्रम प्रभावकारी सञ्चालन गर्न नसक्दा रोग भयावह बनेको हो । 

प्रभावित पशुहरूको दुध खान नहुने भएकाले पनि किसानहरूले मर्कामा परेका छन् । अहिलेसम्म कोशी प्रदेशमा २४ हजार आठसय ६१ वटा पशुचौपायामा लम्की रोग देखा परेको छ भने सात सय ६९ वटा पशु चौपाया लम्पी रोगका कारण मरेका छन् ।

लम्की स्कीन सरूवा रोग हो । आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक देखा परेको लम्पी स्कीन रोगबाट पछिल्लो समय धेरै पशुचौपाया संक्रमित बनेका छन् । आर्थिक वर्ष २०८०/ २०८१ मा कोशी प्रदेशमा नियन्त्रण बाहिर गएको लम्की स्कीन रोग गत आर्थिक वर्षमा फाट्टफुट मात्र देखा परेको थियो । 

यो आर्थिक वर्षमा भने महामारीको रूपमा फैलिँदै गएको लम्पी स्कीन रोगबाट कोशी प्रदेशमा २४ हजार आठसय ६१ वटा पशुचौपाया लम्की स्कीन रोगबाट संक्रमित भैसकेका छन् भने सात सय ६९ वटा चौपाया लम्पी रोगका कारण मरेका छन् । 

 लम्की रोगका कारण पशुचौपायाले धेरै पिडा खप्नु परेको छ । हेर्दा दर्दनाक देखिने मात्र होइन पशुपालक कृषकहरूको उत्पादनमा कटौती भएको छ । उनीहरूले लम्पीका कारण दूध उत्पादन घटेको बताउँदै समयमा नै खोपको व्यवस्थापन गरिदिन पनि सरकारलाई आग्रह गरेका छन् । 

उनीहरूले पशुचौपायाका लागि रोग लाग्नु भन्दा अगाडि नै खोपको व्यवस्थापन गर्न माग गरेका छन् । रोग लागिसकेपछि खोप प्रभावकारी बन्न नसक्ने भन्दै उपचारमा धेरै खर्च लाग्ने भएकाले समयमा नै खोप लगाउन सरकारको ध्यान खिचेका छन् ।

कोशी प्रदेशमा गाईभैंसीमा फैलिएको लम्पी स्कीन रोग निवारणका लागि खोप लगाउने कार्यक्रम प्रभावकारी हुन सकेको छैन । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्क अनुसार कोशी प्रदेशमा १३ लाख २४ हजार गाईगोरू, तीन लाख ७४ हजार भैसी र १८ हजार १० चौारी गाई रहेका छन् । 

जसमध्ये अहिलेसम्ममा तीनलाख ३७ हजार तीनसय एक वटा गाईभैसीलाई खोप लगाउन सकिएको छ । प्रदेशका १४ वटा जिल्लामध्ये दुईवटा जिल्ला ओखलढुंगा र सोलुखुम्बु बाहेक सबै जिल्लामा यो रोग पुगिसकेको छ। 

आर्थिक वर्ष २०७९/८० मा प्रभावकारी रूपमा खोप कार्यक्रम सञ्चालन भएपनि गतवर्ष प्रभावकारी बन्न नसक्दा यो रोग बढेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । गत वर्ष खोप लगाएका पशुहरूमा यो रोगको संक्रमण न्यून देखिएको भन्दै गत वर्ष खोप लगाउन छुटेका पशुहरू बढी संक्रमित देखिएको निर्देशनालयले जनाएको छ । 

 रोकथामका लागि निर्देशनालयले काम गरिरहेको बताएको छ । पशुमा देखिएको लम्पी रोगको महामारी रोकथामका लागि खोप कार्यक्रमलाई प्रभावकरी बनाउनु आवश्यक छ भने रोग लागेका पशुको उपचारका लागि सरकारले चिकित्सको विशेष टोली बनाई प्रभावित क्षेत्रमा खटाउने की ?


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।