चितवन निकुञ्जमा सेनालाई जंगली हात्ती ‘गोविन्दे’ले गर्‍यो आक्रमण, तीन राउण्ड हवाई फायर

श्रावण १४, २०८२ |राजु चौधरी
चितवन निकुञ्जमा सेनालाई जंगली हात्ती ‘गोविन्दे’ले गर्‍यो आक्रमण, तीन राउण्ड हवाई फायर

चितवन । चितवनमा जंगली हात्ती ‘गोविन्दे’को आक्रमणबाट एक जना नेपाली सेनाका हवल्दार घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रात्रीकालिन गस्ती सकेर फर्किँदै गरेको सेनामाथि जंगली हात्ती ‘गोविन्दे’ले बुधबार बिहान ७ बजेको समयमा आक्रमण गरेको थियो । 

सो क्रममा ३८ वर्षीय सैनिक हवल्दार नन्दबहादुर सिंह घाइते भएका हुन् । घाइते सिंहको हात र ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । गस्तीबाट फर्किँदै गरेको सेनाको टोलीलाई जंगली हात्ती गोविन्देले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिनुभयो । 

सौराहाबाट डेढ किलोमिटर पर रहेको मचानबाट रातिको डिउटी सकेर कछुवानी पोस्टतर्फ पैदल फर्कँदै गरेका ४ जना सैनिकसँग एक्कासी जम्काभेट हुँदा गोविन्देले आक्रमण गरेको थियो । त्यसक्रसमा सेनाले हवाई फायर गरेपछि हात्ती भागेको थियो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।