धनकुटा । धनकुटा प्रहरीले लागूपदार्थको कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।
लागू औषधको करोबार भइरहेको सूचनाको आधारमा प्रहरीले धनकुटा नगरपालिका-६ फोक्लैण्ड टापुबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ नौं सय ९० मिलिग्राम सहित करोबारीलाइ पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई धनकुटा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो ।