लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा ५ सय ६ जनाको मृत्यु

श्रावण ११, २०८२ |अमृता अनमोल
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा ५ सय ६ जनाको मृत्यु

लुम्बिनी । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा ५ सय ६ जनाको मृत्यु भएको छ ।

लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीमा १ सय २१ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । 

प्रहरीकाअनुसार गत आर्थिक वर्ष २०८१-०८२ मा भएका सवारी दुर्घटनामा परी ५ हजार ६ सय ९१ जना घाइते भएका छन् । मृतक र घाइते दुवैको संख्या अघिल्लो वर्षको तुलनामा धेरै हो । गत वर्ष ३ हजार ४ सय ७९ वटा सवारीका साधन दुर्घटनामा परेका थिए । 

सडक र सवारीको अवस्था सुधार हुँदै गए पनि चालकको लापरबाही, तीव्र गति, जनस्तरमा सचेतना र सावधानी नहुँदासम्म दुर्घटना उल्लेख्य रूपमा नघटेको ट्राफिक प्रहरीको भनाइ छ। लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशका १२ जिल्लामा करिब १० हजार ४ सय ६ किलोमिटर सडक क्षेत्र छ । 

सडकमध्ये ४ हजार ७ सय २५ किलोमिटर क्षेत्र कच्ची छ । ग्राभेल सडक २ हजार २ सय ४१ किलोमिटर छ । १ हजार ९ सय १ किलोमिटर सडक कालोपत्रे छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।