गौशालामा छिमेकीलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको खुलासा, युवक पक्राउ

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
गौशालामा छिमेकीलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको खुलासा, युवक पक्राउ

महोत्तरी । महोत्तरीको गौशालामा एक युवाले छिमेकीलाई पेट्रोल छर्केर आगो लगाएर हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी घटना लगतै फरार रहेका गौशाला नगरपालिका-४, रजखोरका ३० वर्षीय सुरेन्द्र साहलाई पक्राउ गरेको जनाएको छ। असार २६ गते दिउँसो आफ्नै छिमेकी ५० वर्षीय बलिराम साहमाथि पेट्रोल छर्केर सुरेन्द्रले आगो लगाएको प्रहरीको दाबी छ। 

घटनापछि गम्भीर रूपमा जलेका बलिरामलाई तत्काल स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको थियो। उपचारको क्रममा बलिरामको बिहीबार मृत्यु भएको प्रहरी कार्यालय गौशालाले जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.