पाल्पा । कालीगण्डकी नदीको बाढीले रामपुर नगरपालिका-१०, गेझा होस्तीस्थित झोलुङ्गे पुलको लठ्ठामा अड्किएको रूख हटाइएको छ ।
पाल्पा-स्याङ्जा जोड्ने कालीगण्डकी नदीमा निर्मित झोलुङ्गे पुलको सपोर्ट लठ्ठा नदीको बाढीले कटान गर्दा रूखले चुँडाएको थियो । लठ्ठा चुँडेपछि दुई सातायता झोलुङ्गे पुलबाट यात्रा गर्नसमेत कठिनाई भएपछि स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनबाट प्राविधिक झिकाएर पुलको लठ्ठा व्यवस्थापन गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभयाे ।
ब्रिज डिभिजनकका सिनियर डिभिजनल इन्जियिनर प्रेमनारायण बस्यालको नेतृत्वमा आएको प्राविधिक समूहले रूख हटाएर जोखिममुक्त बनाएको हो । झोलुङ्गे पुलको ट्रस वा गर्डरहरूलाई साइडमा हल्लिन नदिन बाँधेर राख्ने विन्ड गाई ब्लकमा क्षति पुगेकाले नदीमो भेल कम भएपछि मात्रै मर्मत गर्न सकिने इन्जिनियर बस्यालले बताउनुभयाे ।
पुलको विन्ड गाई ब्लकसमेत मर्मत गर्नुपर्ने हुन्छ भने विन्ड टाई फेर्नुपर्ने भएकाले थप समय लाग्नेछ । नदी कटानबाट ढलेको रूखले विन्ड टाई फुटालेको छ ।