
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नव जन जागृति युवा क्लबले पहिलो अकं जोडेको छ ।
सातदोबाटो युथ क्लब विरूद्ध १-१ को बराबरी खेल्दै जागृतिले प्रतियाेगितामा अंकको खाता खोलेको हो । प्रतियोगितामा जितविहीन रहेको जागृतिले पहिलो हाफमा बलियो प्रदर्शन गर्यो । १७औं मिनेटमा सातदोबाटोका रोशन पाहारीको गल्तीमा अभिषेक चौधरीको प्रहार गोलरक्षक अभिषेक बरालले विफल पारे ।
२३औं मिनेटमा फोडे फोफानाको पासमा अरूण लामा चुक्न पुग्दा सातदोबाटोले अग्रता लिने मौका गुमायो । २६औं मिनेटमा जागृतिका विक्रम थोकरले गोल गर्दै डेडलक टोडे । पहिलो हाफमा १-०ले पछि परेको बाल गोपाल साहुको टोलीले दोस्रो हाफमा पुनरागमनको प्रयास गर्यो ।
दोस्रो हाफमा सातदोबाटोले बारबरी गोल फर्काए पनि जितका लागि अपर्याप्त रह्याे । बराबरीसँगै नव जागृतिले १० खेलमा पहिलो बराबरी खेल्दै अंकको खाता खोलेको हो । समान खेलमा सातदोबाटोले भने ८ अकं जोडेको छ । अब, सातदोबाटोले सोमबार नेपाल पुलिस क्लबको सामना गर्नेछ भने, जागृतिले मंगलबार काक्रेविहारको सँग खेल्नेछ ।