
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ ।
मार्गदर्शन संशोधनसँगै चालु पुँजी कर्जासम्बन्धी नीतिमा राष्ट्र बैंक पुनः ललिचो बनेको हो । संशोधित व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंक परिपत्र जारी गरेको छ । जसमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषणका आधारमा स्थिर चालु पुँजीको अवधि निर्धारण गर्न सक्ने व्यवस्था गरिएको हो।
नयाँ व्यवस्थाअनुसार ऋणीले वर्षको कम्तीमा लगातार ७ दिन चालु पुँजी कर्जाको बक्यौता ३० प्रतिशतभन्दा कम गर्नुपर्नेछ। हाल ऋणीले वर्षको कम्तिमा लगातार ७ दिन चालु पुँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने व्यवस्था छ। त्यसलाई बढाएर ३० प्रतिशत बनाइएको हो ।