
गोरखा । दर्शनार्थी बोकेको इभी माइक्रो गोरखाको कान्टारमा शनिबार साँझ दुर्घटना भएको छ ।
गोरखाको मनकामनादेखि मझुवातर्फ आउँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको इभी माइक्रो सहिदलखन गाउँपालिका-३ कान्टार नजिकैको भीरबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रारम्भिक जानकारीअनुसार इभीमा १४ यात्रु सवार थिए । त्यसमध्ये घाइतेहरूको उद्धार गरी अस्पताल पठाउने काम भइरहेको छ । दुर्घटनामा केही यात्रुको मृत्यु भएको तर संख्या एकीन गर्न र पुष्टी हुन बाँकी छ ।