विराटनगर । विराटनगरमा शुक्रबारदेखि दुई दिने साउन मेला सुरू भएको छ । महिलालाई लक्षित गरिएको मेलामा खाद्यान्न, गरगहना, बेकरी र घरायसी सामग्रीका स्टल राखिएको छ ।
महेश्वरी महिला मञ्चले हरेक वर्ष महिलाहरूका लागि साउन मेला सञ्चलान गर्दैआएको छ । मेला उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महेश्वरी महिला मञ्चले महिलाको सीप विकासमा गरेको योगदानको प्रशंसा गर्दै महिलालाई सक्षम बनाउन खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
दुई दिने मेलामा महिलाहरूलाई चाहिने सबै खाले सामग्री सुपथ मूल्यमा उपलब्ध रहेको आयोजकले जनाएको छ । ३२ वटा स्टल रहेको मेलामा अधिकांश स्टलका सञ्चालक महिला रहेका छन् ।