बारा र रौतहटमा बाटो नै भएको ठाउँमा झोलुङ्गे पुल, बजेट सक्ने हतारोमा बनेका संरचनाको औचित्यमै प्रश्न

असार १३, २०८२ |राजेश्वर पाण्डे|रमेश ठाकुर
बारा र रौतहटमा बाटो नै भएको ठाउँमा झोलुङ्गे पुल, बजेट सक्ने हतारोमा बनेका संरचनाको औचित्यमै प्रश्न

बारा । सामान्यतया पुल भनेको बीचको अवरोध पार गरेर दुई स्थानमा आवागमन सहज बनाउने साधन हो । तर बारा र रौतहटमा बनाइएका दुईवटा झोलुङ्गे पुल किन र के प्रयोजनको लागि बनाइयो त्यस भेगका नागरिकले अहिलेसम्म बुझ्नसकेका छैनन् ।

संघीय झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत बाराको करैयामाई गाउँपालिका-१ खमवा गाउँमा करिब २२ लाखको लागतमा यो झोलुगें पुल निर्माण भएको हो । तर झोलुंगे पुलमा पहुँच मार्ग नहुँदा उपभोगभन्दा बढी आलोचना बटुलिरहेको छ । 

पसाहा खोला वारपार गर्न बनाइएको झोलुंगे पुल हेर्दा स्थानीय पनि दंग छन् । खोला तर्न बनाईको पुल नै खोलाको बीचमा बनाइएको छ । त्यतिमात्र हैन पुलमा जानकोलागि बाटो पनि छैन् ।

गाउँपालिकाका प्राविधिकले भने पुल निर्माण गर्दा खोलाको धार परिवर्तन गरिएको र पुल बनेपछि बजेटको अभावमा त्यतिकै छाडिएको बताउँछन् ।

त्यस्तै रौतहटको यमुनामाई गाउापालिकाको वडा नम्बर २ भेडियाहिमा पनि संघीय झोलुंगे पुल क्षेत्रगत कार्यक्रमबाट करिब ४० लाखको लागतमा कामदेही खोलामा निर्माण भएको यो पुलको पनि कुनै औचित्य छैन् । 

पुल निर्माण भएपनि त्यहाँ जानका लागि बाटो छैन् । बाटोबिना नै खोलामा झोलुंगे पुल बनेपछि स्थानीयले विरोध जनाएका छन् । तर त्यहाँका वडाअध्यक्षले भने गाउँपालिका कार्यालयले सहयोग नगर्दा बाटो बन्न नसकेको बताउनु भएको छ ।

पुलजस्तो संरचना बनाउनु अघि त्यसको पहुँच, उपयोगकर्ता र सागसागैका पूर्वाधार सुनिश्चित हुनु अत्यावश्यक हुन्छ । तर विकासको नाममा बजेट सकाउने हतारोले यस्तो योजनाले न त जनतालाई सुविधा दिन्छ, न सरकारलाई विश्वास ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।

Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।