नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि होः राष्ट्रपति पौडेल

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि होः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि भएको बताउनुभएको छ ।

१९औं विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मल्ल र शाह कालमा पनि हजारौँ हजार संस्कृतिका ग्रन्थहरू रचना भएबाट र वर्तमानमा पनि संस्कृतिका अनेक ग्रन्थ रचना भएबाट पनि यस कुराको पुष्टि हुने उल्लेख गर्नुभयो । 

उहाँले नेपाल प्राचिनकालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि यज्ञभूमि, साधना भूमि रहेको बताउनु भयो । महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरूको दर्शन पाउनुभएको उहाँले बताउनु भयो । 

वाल्मिकीको जीवन र वेदव्यासको जन्म यसै भूमिमा भएको कुरा अनेक ग्रन्थहरूमा पाउन सकिने बताउनु भयो । राजर्षि जनक, पाणिनी, वेदव्यास, बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको उहाँले बताउनु भयो ।

राष्ट्रपति पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभइ विश्वकै सम्पती बनेको बताउनु भयो । संस्कृत भाषालाई सीमाकरण गर्दा विस्तार हुनबाट रोकिएको उहाँकाे भनाइ छ । संस्कृतमा रहेका पुँजी विश्वले खोजिरहेको उहाँले जानकारी दिनुभयाे।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.