सिरहा नगरपालिकाले ल्याउन सकेन बजेट, अरू पालिकाको कति ?

असार ११, २०८२ |विनय आजाद
सिरहा नगरपालिकाले ल्याउन सकेन बजेट, अरू पालिकाको कति ?

सिरहा । सिरहाका १७ स्थानीय तहमध्ये १६ स्थानीय तहले बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष ०८२/८३ का लागि जिल्लाका १६ पालिकाले आय व्ययसहितको अनुमानित बजेट गाउँ- नगर सभामार्फत् सार्वजनिक गरेको हो ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, ०७४ मा उल्लेखित व्यवस्था बमोजिम १० असारमा नगरसभा गर्नैपर्ने हुन्छ । तर, जिल्लाका ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तहमध्ये सिरहा नगरपालिकाले भने बजेट ल्याउन सकेन् ।

यतिसम्मकी, सिरहा सदरमुकामसमेत रहेको यो पालिकाले अहिलेसम्म नीति तथा कार्यक्रम पनि सार्वजनिक गर्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत इद्रीश राइनले नगर प्रमुख नवीन कुमार यादवको व्यस्तताको कारणले बजेट आउन नसकेको बताउनुभयो ।

यता, नगर प्रमुख यादवसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्क हुन सकेन्आ । 

अरू कुन स्थानीय तहको बजेट कति ?

लहान नगरपालिका १ अर्ब ६७ करोड ९५ लाख २८ हजार ६ सय १ रुपैयाँ

गोलबजार नगरपालिका  ८१ करोड ८९ लाख ८९ हजार

मिर्चैया नगरपालिका ७० करोड ११ लाख ७९ हजार ८ सय ४३ रुपैयाँ

कर्जन्हा नगरपालिका स् ४२ करोड ९१ लाख ११ हजार २ सय ७१ रुपैयाँ

धनगढीमाई नगरपालिका स् ६८ करोड ९ लाख ७४ हजार ८ सय ६६ रुपैयाँ

सुखीपुर नगरपालिका स् ६२ करोड ८६ लाख ९ हजार २ सय २६ रुपैयाँ

कल्याणपुर नगरपालिका स् ५८ करोड ३१ लाख ३३ हजार ५ सय ३ रुपैयाँ

औरही गाउँपालिका ४० करोड ८३ लाख ९ हजार १५ रुपैयाँ

अर्नमा गाउँपालिका  ४९ करोड ९६ लाख रुपैयाँ

नवराजपुर गाउँपालिका  ४३ करोड ८६ लाख ७५ हजार २ सय रुपैयाँ

भगवानपुर गाउँपालिका  ४८ करोड ४४ लाख ३१ हजार ९ सय ४७ रुपैयाँ

लक्ष्मीपुर पतारी गाउँपालिका  ४३ करोड ३४ लाख ५१ हजार

विष्णुपुर गाउँपालिका  ४३ करोड ९४ लाख ५१ हजार २ सय ५१ रुपैयाँ

सखुवानन्कारकट्टी गाउँपालिका ३७ करोड ४० लाख ४ हजार ३ सय २ रुपैयाँ

नरहा गाउँपालिका ३८ करोड ८६ लाख ९५ हजार रुपैयाँ

बरियारपट्टी गाउँपालिका ४५ करोड ६८ लाख ८१ हजार ९ सय १८ रुपैयाँ


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।