रुपन्देही । नेपाल विद्युत प्राधिकरणको बुटवलस्थित योगीकुटी सबस्टेसनमा आगलागी भएको छ । मंगलबार राती ८ बजेर ५५ मिनेटमा सबस्टेसनमा रहेका ६३ एमबिएका ३ वटा पावर सप्लाइ मध्ये यौटामा आगलागी भएको हो ।
आगलागीबाट ट्रान्सफम्रर जलेको नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीडका निमित्त प्रमुख नारायण पौडेलले जानाकारी दिनुभयो । बुटवल र तिलोत्तमा नगरपालिकाको सहायतामा करिब एक घण्टामा नियन्त्रणमा आएको थियो ।
आगलागीपछि योगीकुटी ग्रिडअन्तर्गतका रुपन्देहीको बुटवल, भैरहवा लगायतका क्षेत्रमा राति विद्युत अवरुद्ध भएको थियो । अहिले भने बाँकी रहेका अन्य २ पाबर सप्लाइबाट विद्युत सुचारु गरिएको विद्युत प्राधिकरण बुटवलग्रीडका निमित्त प्रमुख पौडेलले बताउनुभयो ।