अवाञ्छित गतिविधिमा संलग्न दुई भारतीय नागरिकसहित पाँच जना प्रहरीको नियन्त्रणमा

असार ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
अवाञ्छित गतिविधिमा संलग्न दुई भारतीय नागरिकसहित पाँच जना प्रहरीको नियन्त्रणमा

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका-३ गौरीडाँडास्थित स्नेहा होटलबाट वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी निरीक्षक राजेश बर्तौलाको नेतृत्वमा खटिएको टोलीले होटलमा छापा मार्दा अवाञ्छित गतिविधिमा संलग्न पाइएका उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको सीतामढी मजफ्फरपुर-१० का २५ वर्षीय राकेश बैठा, मजफ्फरपुर-४ का ३६ वर्षीय जयकरण बैठा, महोत्तरी रामगोपालपुर-८ की ३० वर्षीया सुनिन्त्रादेवी मण्डल, सिरहा लहानकी ३० वर्षीया प्रतिभा शर्मा तथा होटल सञ्चालक बर्दिबास ३ का ३७ वर्षीय रामबहादुर तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमका अनुसार बर्दिबासका केही होटलहरूमा विगतदेखि लागुऔषध कारोबार, चोरी योजना तथा यौनजन्य अपराधका गतिविधिहरू भइरहेकाले निगरानी बढाइएको थियो ।

'होटलमा रहेका महिलाहरू अपराधिक गतिविधिमा प्रयोग हुने तथ्यहरू देखिएपछि निगरानी तीव्र पारिएको हो,' डिएसपी बमले भन्नुभयाे, 'पक्राउ परेका सबैमाथि अनुसन्धान सुरू गरिएको छ ।'

बर्दिबास क्षेत्रका केही होटलहरू अपराधिक गतिविधिको केन्द्र बन्दै गएको गुनासो बढेपछि प्रहरी सक्रिय बनेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.