बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मुत्यु

जेष्ठ ३१, २०८२ |प्रदीप पन्त
बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मुत्यु

बागलुङ । बागलुङमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मुत्यु भएको छ । 

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्ड हुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१-००१-१७७५ नम्बरको जीप ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा दुर्घटना हुँदा स्थानीय नरबहादुर कार्की र भीम कुमारी बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।

कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जीप दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइते मध्य आठ जनालाई उपचारको लागि मणिपाल अस्पताल पोखरा, पाँच जनालाई मिसन अस्पताल पाल्पा रिफर गरिएको र एक जनाको बुर्तिवाङ अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

जीप सडकदेखि ६० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक पाण्डेले बताउनुभयो । 


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।