धनुषा । मधेश प्रदेशमा केही दिन यता अत्याधिक गर्मी बढेका कारण जनजिवन प्रभाबित बनेको छ । यस बर्ष पछिल्लो रकेर्ड अनुसार जनकपुरको तापक्रम ४० डिग्री सेल्शीयस सम्म पुगेपछि जनजिवन प्रभाबित भएको हो ।
तिन दिन देखि अत्याधिक गर्मी बढनुका साथै तातो हावा चलेका कारण बिहान र बेलुका बजारमा सर्बसाधारणको चहल पहल अत्यन्तै कम छ ।दिउँसो पनि सुनसान रहने गरेको छ ।
अत्याधिक गर्मी र चर्काे घामले लु लाग्ने खतरा समेत रहेका कारण जथाभाबी घरबाट ननिस्कन र निस्कीनु परेमा अनिर्बायरुपमा शरिर छोप्ने लुगा लगाउन र छाता लिएर जान चिकित्सकहरुको सुझाब छ । गर्मीबाट उत्पन्न हुने रोगहरुबाट जोगिन ताजा र सफा खाना मात्र खान र अत्याधिक पानी पिउन समेत चिकित्सकहरुको सुझाब दिएका छन् ।
बढदो गर्मी संगै सर्बसाधारणमा ज्वरो, जनडीस, झाडा पखाला, आँखा पाक्ने, जिउमा घमौरा खटिरा निस्कीने लगायतका रोगका संक्रमण देखा परेको छ ।