कर्णाली प्रदेश सरकार: नीति तथा कार्यक्रम बहुमतले पारीत

जेष्ठ २६, २०८२ |देव राना
कर्णाली प्रदेश सरकार: नीति तथा कार्यक्रम बहुमतले पारीत

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ को लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारीत भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेसँगै सरकारलाई आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट ल्याउने बाटो खुलेको छ । 

गएको बुधबार संसदमा सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मिँयाले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि शुक्रबार पनि छलफल भएको थियो । छलफलमा भाग लिएका प्रतिपक्ष दलहरुले सरकारको नीति तथा कार्यक्रम पूर्वाग्रही, टालटुले र परम्परागत भएको आरोप लगाएभने सत्ता पक्षले त्यसको खुलेर प्रसंसा गरेका थिए । 

असार १ गतेभित्र बजेट ल्याइ सक्नुपर्ने कानुनी प्रावधानका कारण जम्मा दुई दिनमात्र छलफल गरेर नीति तथा कार्यक्रम पारीत गरिएको हो ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।