सिरहा । सिरहाबाट ठूलो परिमाणमा लागूऔषध र एक कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा प्रहरीले लहान नगरपालिकाको छुट्टा-छुट्टै स्थानबाट मंगलबार लागूऔषध र एक कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीकाअनुसार मंगलबार बिहान १० बजेको समयमा लहान नगरपालिका-४ कुमाल टोलमा एक मोटरसाइकल र एउटा बोरा भेटिएको थियो । त्यसलाई खोलेर हेर्दा अनरेक्स नामक १ सय ९३ बोतल लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।
लागूऔषध र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि यसका धनी लहान नगरपालिका-१९ का २२ वर्षीय मोहम्मद नसरूल रहेको खुलेको र उनलाई पनि सोही दिन दिउँसो लहानबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताउनुभयाे ।
डीएसपी पासवानकाअनुसार गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले पछ्याएको थियो । तर, प्रहरीलाई देखेपछि उनी लागूऔषध र मोटरसाइकल बाटोमै छाडी भागेर लुकेका थिए ।
सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको डीएसपी पासवानले जानकारी दिएनुभयाे ।