कारबाट ५ लाख भारतीय रूपैयाँ फेला, दुई जना पक्राउ

जेष्ठ १७, २०८२ |जे पाण्डे
कारबाट ५ लाख भारतीय रूपैयाँ फेला, दुई जना पक्राउ

बाँके । बाँके प्रहरीले भारतको रूपैडिहाबाट नेपालगन्ज आउँदै गरेको भारतीय नम्बरको कारबाट ५ लाख भारतीय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

जमुना नाका हुँदै नेपाल प्रवेश गरेको भातीय नम्बरको कारमा स्रोत नखुलेको पाँच लाख भारू लुकाइछिपाइ ल्याएको फेला पारेपछि प्रहरीले एक जना नेपाली युवती र एकजना भारतीय युवकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गर्नेमा दाङको पुरनधाराकी २६ वर्षीया साइना नेपाली र भारतको लखनऊका ४० वर्षीय निरज चौरासिया रहेको जिल्ला प्रहरी कार्याल बाँकेका प्रवक्ता दीपक पातलीले बताउनुभयो । प्रहरीले थप अनुसन्धानका लागि कार र नगदसहित पक्राउ परेका दुवैलाई शुक्रबार राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको छ ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।