भक्तपुर । उपत्यका नेवार समुदायका बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व शुक्रबारदेखि प्रारम्भ भएको छ ।
बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वत्को गुँलाथ्व पारूदेखि ञलाथ्व पारूसम्म एक महिना मनाइन्छ । यो पर्व मनाउँदै आज बिहानदेखि एक महिना बाजागाजा सहित विभिन्न वहाँ बहि चैत्य लगायत मठमन्दिर परिक्रमा गरिन्छ ।
यो पर्व मनाउँदा विभिन्न प्रकृतिक प्रकोपबाट बच्ने, देशमा शान्त हुने र आगलागि चथा चत्याङले हानी नगर्ने जनविस्वास छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी बताउँछन् ।