बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

जेष्ठ ११, २०८२ |प्रताप राना
बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट शनिबार राति साढे ११ बजे बोलेरो जीप खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा भने दुई जना घाइते भएका छन। 

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप पुलको छेउमा रहेको रेलिङमा ठक्कर खाँदै नदीमा खस्दा जीपमा सवार व्यास नगरपालीका-५ का कुशल मगर, प्रविन मगर र कुमार मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

सो जीपमा सवार धिरज रौनियारको भने पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घाइते जीपका चालकशनि बानियालाई दमौलीमा उपचार पछि तनहुँ प्रहरीले आफ्नो नियन्त्रणमा राखेको बताइएकाे छ ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।