चितवन । मनकामना मन्दिर दर्शन आएका भारतीय पर्यटकको केवलकार परिसरको शौचालयमा लडेर मृत्यु भएको छ ।
आज बिहान साढे आठ बजे चितवनको इच्छाकामना-४, स्थित मनकामना केवलकार परिसरको शौचालयमा लडेर भारतको गुजरात पालनपुर बस्ने वर्ष ६२ को निरज भाइ भन्ने मन्नु प्रसाद भट्टको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
शौचालयमा लडेर अचेत भएका भट्टलाई आफन्तहरूले इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा पुर्याएको थियो । चिकित्सकले पाैने १० बजे उनलाई मृत घोषणा गरेको थियो ।