झापा । गएरातिको हावाहुरीले घर भत्काउँदा झापामा एक जनाको मृत्यु भएको छ ।
राति १२ बजेतिर आएको हावाहुरीले घर भत्काउँदा झापाको हल्दीबारी गाउँपालिका-५ का मानबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जस्तापाताले छाएको घरमा सुतेका मगर भत्किएको घरको विमले थिचिएको अवस्थामा मृत फेला परेकाे बताइएकाे छ । अहिले हावाहुरी प्रभावित क्षेत्रमा प्रहरी पुगेर क्षतिको थप विवरण संकलन गरिरहेको छ ।