रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट, एक जना घाइते

वैशाख २८, २०८२ |नवराज श्रेष्ठ
रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट, एक जना घाइते

रामेछाप । रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको लिखुतामाकोशी-२ सैपुमा विद्युत् सर्ट भएर गएराती आगलागी हुँदा स्थानिय चन्द्र बहादुर पौडेलको घर पूर्ण रूपमा जलेको लिखुतामाकोशी-२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो ।

आगो निभाउने क्रममा चन्द्रबहादुर पौडेल घाइते भएका उहाँले बताउनुभयो । पौडेलाई बेहोस अवस्थामा उद्धार गरी अहिले सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार घाइते भएका पौडेललाई आगलागी भएपछि घरमा पालिएको मौरीले पनि टोकेको हो । स्थानीयका अनुसार यो घरमा विद्युत् सर्ट भएर दोस्रो पटक आगलागी भएको हो ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।