अवैध उत्खनन् गर्ने ६ सवारी नियन्त्रणमा

वैशाख २०, २०८२ |पोषनाथ अधिकारी
अवैध उत्खनन् गर्ने ६ सवारी नियन्त्रणमा

धादिङ । धादिङको सिक्रेखोलामा स्वीकृति विना नै ढुङ्गा उत्खनन् गरिरहेका ६ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सहितको टोलीले अनुगमनका क्रममा धुनिवेसी नगरपालीका-९ सिक्रेखोलामा विना इजाजत ढुङ्गा उत्खनन् भइरहेको सुूचनाका आधारमा छड्के अनुगमन गर्दा ३ एक्साभेटर र ३ टिफरलाई नियन्त्रणमा लिइको हो । उत्खनन् भएको स्थानमा पुग्दा एक्साभेटर र टिफरको चालक भने फरार भएका छन ।

समातिएका एक्साभेटरमा सवारी नम्बर समेत नराखि संचालन गरिएको भेटिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

समातिएका सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन भने उत्खनन् स्थलको थप अनुसन्धान गरी नियम अनुसार कारवाही गरिने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

सिक्रेखोला क्षेत्रमा लामो समयदेखि अवैधरूपमा उत्खनन् हुने गरेको स्थानीयले बताएका छन । 


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।