काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना, चालकको मृत्यु

चैत्र ३१, २०८१ |पुजन धिताल
काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना, चालकको मृत्यु

काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका-२ ठकुरी गाउँमा निर्माणाधीन होटलको परिसरमा बालुवा अनलोड गर्ने क्रममा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मिस्टिक माउन्टेन होटलको कम्पाउन्डभित्र बालुवा अनलोड गर्न लागिएको ना.२ ख २४६४ नम्बरको टिपर अचानक झण्डै ७ मिटर तल खस्दा सोही ठाउँका १३ वर्षीय चालक विनोद घोरासैनीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको सूचना अधिकारी प्रहरी नायव निरीक्षक तथा सुचना अधिकारी मिन बहादुर घलेले जानकारी दिनुभयो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।