लागुऔषध ओसारप्रसारमा पक्राउ परेका छोराको घर खानतलासी गर्दा भरूवा बन्दुकसहित बाबु पक्राउ

चैत्र ३०, २०८१ |मनोज पौडेल
लागुऔषध ओसारप्रसारमा पक्राउ परेका छोराको घर खानतलासी गर्दा भरूवा बन्दुकसहित बाबु पक्राउ

कपिलवस्तु । लागुऔषध ओसारप्रसारमा पक्राउ परेका छोराको मुद्दाकालागि थप दसीप्रमाण संकलन गर्न घरको खानतलासी गर्न जाँदा बाबु अबैध भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

वाणगंगा नगरपालिका-१ बैरियास्थित ५८ वर्षे गंगाराम थारुको घर खानतलासी गर्दा एक थान अबैध भरूवा बन्दुक बरामद गरिएकोछ ।

उनी सुत्ने कोठामा लुकाईछिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय, पिपराबाट पुगेको प्रहरी टोलीले शुक्रबार साँझ ५ बजे भरूवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनमणी अधिकारीले बताउनुभयो ।

बन्दुकसहित गंगाराम थारूलाई पक्राउ गरी अनुसन्धान थालिएकोछ । यसअघि चैत्र १७ गते ईप्रका पकडीले सीमा क्षेत्रको मायादेवी गाउपालिका-३, बरगदवाको भित्री सडक खण्डमा २५ वर्षे प्रकाश थारूले चलाएको लु ९ प २७७१ नंबरको पल्सर मोटरसाईकल चेकजाँच गर्दा चार ग्राम ५० मिलीग्राम अबैध लागु औषध ब्राउन सुगर बरामद गरिएको थियो ।

प्रकाशले मोटरसाईकलको ट्याङकीको लक भित्र लुकाई छिपाई प्लास्टिकको झोलमा बेरेर ल्याइरहेका थिए ।

प्रकाश थारुको मुद्दामा थप प्रमाण लाग्न सक्ने आधार फेला पर्न सक्ने हुँदा ईप्रका पिपराको प्रहरी टोली उनको घरमा खानतलासी गर्न पुगेको थियो । त्यही क्रममा गंगाराम सुत्ने कोठमा ¥याक भित्र अबैध भरुवा बन्दुक बरामद गरिएको सूचना अधिकारी डिएसपी अधिकारीले बताउनुभयो । गंगाराम र प्रकाश बाबुछोरा हुन् । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।