काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हावाहुरीसहितको वर्षा

चैत्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हावाहुरीसहितको वर्षा

काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले देशभरको मौसममा आज पनि बदली छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि बंगालको खाडी हुँदै नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेकाले देशभर बादल लागेर धेरै ठाउँमा पानी परेको जनाएको छ।

काठमाडौं उपत्यकासहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा अहिले वर्षा भइरहेकाे महाशाखाले जनाएको छ। ती ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। 

शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा पनि पानी पर्ने सम्भावना रहेको महाशाखले जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरूको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

शनिबार राति कोशी र मधेस प्रदेशका भूभागहरुमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी भूभागहरूमा राति पनि हिमपातको सम्भावना रहेको छ । आइतबारदेखि मौसम खुल्दै जाने महाशाखाको पूर्वानुमान छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.